काठमाडौं, भदौ १ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउ तोलामा ५० हजारनजिक पुगेको छ ।
मंगलबार स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ४ सयले बढेर ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलाको ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलाको ७ सयमा स्थिर रह्यो ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ११ सय १९ डलरको हाराहारीमा कारोबार भएको थियो । इमेजखबरमा समाचार छ ।