केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्लाको ओयामस्थित रिजाल भिर क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ।
सवारी आवागमन ठप्प हुँदा फिदिमबाट च्याङथापु, फलैँचा जाने तथा उताबाट सदरमुकाम फिदिम आउने सवारी साधन आउन सकेका छैनन्। फलैँचाका गाविस सचिव अमृत थापाले वर्षाका कारण पहिरो खसिरहने हुँदा सवारी आवागमनमा प्रभाव परेको बताए।
ट्याक्सी चल्न छोडेपछि फलैँचा च्याङथापु र ओयामका माथिल्लो भेगका सर्वसाधारणलाई सास्ती परेको छ । सदरमुकाम फिदिममा आउन घन्टौँसम्मको पैदल यात्रापछि मात्रै सवारी पाउने गरेको च्याङथापुका कृष्ण राइले बताए। यता राँके-रवि, यासोक-मौवा र फिदिम-सिदिन-प्राङ्बुङ सडक पनि वर्षाका कारण सवारी सञ्चालनमा समस्या आएको छ। बाटोमात्रै खोल्ने तर सडकको स्तरोन्नति नगर्दा जिल्लाका अधिकांश कच्ची सडक हिउँदमा मात्रै चल्ने र वर्षा लागेपछि सवारी आवागमन ठप्प हुने गरेको छ।
लगातारको वर्षाका कारण जिल्लाको रानिटार