कुबेतमा कार्यरत झापाका पत्रकार दुर्गा ढुंगेलको हृदयघातका कारण शनिबार राति मृत्यु भएको छ ।
गैरआबासीय नेपाली संघ कुबेतका अध्यक्ष धर्मराज गिरीका अनुसार सुतिरहेको अबस्थामा हृदयघातको कारण ढुंगेलको मुत्यु भएको हो । ढुंगेल नेपाल पत्रकार महासंघ कुबेत शाखाका सदस्य हुन् ।
उनकी श्रीमती पनि कुबेतमै कार्यरत छिन् । उनका दुई छोरी छन् । उनको शब फर्बानिया अस्पतालमा राखिएको छ ।
कुबेतको नेपाली समाजको गतिबिधिमा सक्रिय रहेका ढुंगेलको मृत्युप्रति सामाजिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् । ईकन्तिपुरमा समाचार छ ।