शेयर बजार परिसूचक नेप्सेमा ऋणात्मक

काठमाडौं  । मंगलबार शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले ऋणात्मक रह्यो । उतार-चढावबीच नेप्से न्यून अंकले झरेर ११ सय ८१ दशमलव ४१ बिन्दूमा थामियो ।
यसदिन टेलिकम सूचिकृत अन्य र विकास बैंक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन अन्य समूह सबैभन्दा उच्च साढे २४ अंकले बढ्यो भने होटल समूह सबैभन्दा उच्च ३१ अंक बराबरले घट्यो ।
यसदिन कारोबार परिमाण पनि अन्य दिनको तुलनामा न्यून नै रह्यो । १ सय २८ कम्पनीको ७ लाख ७८ हजार बराबर कित्ता शेयर ३३ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।