सुनसरी । अबिरल वर्षासँगै परेको चट्याङ लागेर सुनसरीमा बुधबार दुई जनाको मृत्यु भएको छ ।
कप्तानगन्ज गाविसमा परेको चट्याङ लागेर स्थानीय ६५ बर्षिया मोहरीदेवी सरदार र उनकी ७ बर्षिया नातिनी चाँदनीको मृत्यु भएको हो ।
मोहरीदेवीका ६ बर्षीय नाती सञ्जय भने गम्भीर घाइते भएका छन् ।
उनीहरु घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
यसैगरी ताप्लेजुङको लेलेप गाविसमा सर्पको टोकाईबाट ३२ वर्षीय भोजकुमार राईको मृत्यु भएको छ । सेतोपाटीमा समाचार छ ।