उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल शुक्रबार दिउँसो प्रकाशित गरेको छ।
प्रकाशित परीक्षाफल अनुसार नियमित तर्फ जाँच दिएका ३७ हजार ९ सय २८ विद्यार्थीमध्ये ७१.६५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। त्यस्तै अांशिक तर्फ परीक्षा दिएका ८ हजार ४ सय ६ विद्यार्थी मध्ये ४४.३० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्।
वैशाख १२ गतेको भूकम्पका कारण यस वर्ष १२ कक्षाको परीक्षा २ चरणमा गर्नु परेको थियो।
भूकम्पले कम क्षति पुर्याएका ६८ जिल्लामा जेठ २० देखि ३१ गतेसम्म र अन्य ७ जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गरिएको थियो। सेतोपाटीमा समाचार छ ।