रुपन्देहीको बनकट्टामा बस पल्टिदा अर्घाखाँची ठाडाका एक जना घाइते

बनकट्टा, रुपन्देही । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बनकट्टामा बस पल्टिदा अर्घाखाँची जिल्लाको ठाडा २ बस्ने २२ बर्षिय जिबन खनाल घाइते भएका छन् । उनी बाहेक अन्य ३ जना घाइते भएका छन् । 
अन्य घाइते बुटवल ७ कि ४१ बर्षिया दिल कुमारी थारु,कपिलबस्तु बाढगंगा नगरपालिका २ कि ६७ बर्षिया झमकला विक र सोही ठाउ की ६४ बर्षिया झमिकला विक छन् ।   बसमा १६ जना सवार थिए । 
दिउसो पश्चिम कृष्णनगरबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ८४५९ नम्बर को मिनि बस ४ बजे तिर बनकट्टा चोक नजिकै अनियन्त्रित भइ सडक बाट करिब २० मिटर तल पल्टिएको हो ।  
घाइतेको अबस्था समान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्बिनी  अञ्चल अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय र न्यौराका प्रहरी निरिक्षक धुव्र शिलवालले जानकारी दिए । 
स्रोत: अर्घाखाँचीडट्कम एवम अन्य बुटवलका संचारमाध्यम

अन्य समाचारहरु