दोलखा र धादिङलाई केन्द्र विन्दू बनाएर भूकम्पका दुई वटा पराकम्पन

दोलखा र धादिङलाई केन्द्र विन्दू बनाएर आइतबार भूकम्पका दुई वटा पराकम्पन गएका छन् ।
बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्र विन्दू भएर ४ दशमलव १ म्याग्निच्युटको पराकम्पन गएको छ ।
त्यसअघि बिहान ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रविन्दू भएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि ४ म्याग्निच्युटमाथिका ३ सय ८६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ । इमेजखबरमा समाचार छ ।