उमाकान्त पाण्डे । यूएई , भदौ १४ – तमूहरुको ऐतिहासिक पैतृक थलो क्होला सोथरमा छायाङ्कन गरिएको गुरुङ चलचित्र घलेक द साइन अफ लभ दुबईमा प्रदर्शन हुने भएको छ ।
देश तथा विदेशका विभिन्न ठाउँहरुमा सफलता मिलेको चलचित्र घलेक दि साइन अफ लब दुबईमा पहिलोपटक तमू प्ये ल्ह संघको आयोजना र व्यवस्थापनमा प्रदर्शन हुन लागेको संघका अध्यक्ष मुक्ति टु तमूले
अर्घाखाँची डट्कम् लाई जानकारी दिनुभयो ।
कृष्ण कुमार गुरुङ द्वारा निर्देशित चलचित्रमा नायक गमन घले, नायिका सिपोरा गुरुङ, माया गुरुङ, प्रेमा गुरुङ, तारा गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । युके, अस्ट्रेलिया र हङकङकमा प्रदर्शन पछि ईस्लामिक धर्मावलम्बीहरुको पर्व बकर ईद्दको सार्वजनिक वीदाको अवसर पारेर सेप्टेम्बर २५ शुक्रबार दुबईमा प्रदशन गरिने भएको हो ।
दुबईको एभरेष्ट इन्टरनेशनल होटलमा दिउसो १२ बजेदेखि सो चलचित्रको प्रदशन हुने छ ।
बैदेशिक रोजगारको क्रममा यूएईमा रहेपनि तमू जातिको मौलिक संस्कार, संस्कृति संरक्षण र प्रचारप्रसार गर्ने उद्धेश्यले स्थापित तमू प्येल्हु संघ यूएई शाखाले यसअघि पनि गुरुङ चलचित्रहरु प्रदर्शन गरिसकेकोले ‘घलेक दि साइन अफ लब’ प्रदशन गर्न लागेको तमु प्येल्हु संघका सल्लाहकार एकजंग तमूले जानकारी दिनुभयो ।
घलेक दि साइन अफ लभ चलचित्र हेर्न आउनको लागि संघले दुवईमा रहेका सवैलाई आग्रह गरेको छ ।