बाबु रोका मगर
एस पी मेमोरियल शिक्षा निकेतन समिति दिल्ली को आयोजनामा “हिन्दु राष्ट्र लाओ – नेपाल बचाओ” भन्ने मूल नारा लिएर भारतको राजधानी दिल्ली स्थित जन्तर मन्तरमा आइतवारको दिन करिब ढाई सय नेपालीहरु ले हिन्दु राष्ट्रको समर्थनमा धरणा प्रदशर्न गरिएको थिए |
नेपालमा धर्मको परिवर्तनको नाममा धेरै घटनाक्रमहरु चलिरहेको त्यसै परिवर्तनको नाममा धर्म परिवर्तन गराएर हिन्दु संस्कार, पद्दति, संस्कृति र पहिचान समेत मेटाउने काम भएको भन्दै धार्मिक स्वतन्त्रताको नाममा जे पनि गरिएको छ धार्मिक स्वतन्त्रता अपरिहार्य भएपनि आपत्तिजनक तरिकाले बिदेशी चलखेल र उनीहरुको इशारामा काम गर्न खोजिएकोमा धर्म निरपेक्षता प्रति घोर आपत्ति जनाउदै बिरोध जुलुस गरि धरणा गरिएको थियो |
उक्त कार्यक्रममा मुख्य अतिथि श्री महाराज चन्द्र स्वामी र १००८ श्री काली बाबा को उपस्थिति रहेको थियो भने काठमांडू बाट हरिबोल भट्टराइ,बिष्णु बराल, सुर्य बिक्रम साही लगायत विभिन्न संघ संस्थाका प्रबक्ताहरुले आ आफ्ना बक्तब्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषक गोबिन्द पोख्रेल ले गर्नु भएको थियो |
सोहि दिन सोहि स्थानमा करिब पचास मिटरको दुरीमा फरक बसेर मधेसी बिधार्थीहरुले पनि हातमा कालो झण्डा लिएर नेपाल सरकारले मधेसीहरु प्रति गरिने तुच्छ व्यवहारको बिरोध प्रदशर्न गरिएको थियो | बिधार्थीहरु भन्छन हामीले हाम्रो समस्याको वारेमा ज्ञापन पत्र नेपाली राजदुतावासमा बुझाएको छौ र हामीलाई अलग-अलग राज्य चाहिएको होइन अनि मधेस पनि अलग मागेको होइन हामीले सिंगो नेपाल मागेको हो तर हामि मधेसी हरुलाई नेपाल सरकारले दिनु पर्ने अधिकार नदिएकोमा आक्रोशित भएर प्रदशर्नमा उत्रेको कुरा बताउदै उनीहरुको माग सम्बन्धित ठाँउ सम्म पुर्याइदिन मिडिया संग आग्रह पनि गरेका थिए |