संघीयता खारेजीको माग गर्दै भारतको नयाँ दिल्लीमा प्रदर्शन

 मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संघीयता खारेजीको माग गर्दै भारतको नयाँ दिल्लीमा प्रदर्शन गरेको छ । मस्यौदा समितिले नयाँ संविधानको मस्यौदा पारित गरेर संविधान सभामा पठाउनै लाग्दा समाजले संघीयता खारेजीको माग गर्दै आईतवार दिल्लीमा प्रदर्शन गरेको हो ।
दिल्लीको प्रचण्ड गर्मीका वावजुद आगरा, पलवल, फरिदाबाद, ओखला, ग्रेटर नोएडा, नोएडा गाजियाबाद, दिल्ली, नयाँ दिल्ली, गुडगाव, करनाल, सोनीपत, लगायतका नगरबाट हजारौंले जन्तरमन्तरमा भेला भएर प्रदर्शन गरेको समाजले जनाएको छ । जुलुशको नेतृत्व पूर्व सभाषद एवं राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गरेका थिए । राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ ।
जुलुशका सहभागीले छिटो संविधान जारी गरी गणतन्त्र संस्थागत गर्न, संघीयता खारेज गर्न, संवैधिानक अदालतको व्यवस्था हटाउन र भारत-चीनबीच पछिल्लो पटक नेपालको भूमि लिपुलेकका विषयमा भएको सम्झौता खारेज गर्न माग गरेका थिए भनी संचार माध्यमहरुले समाचार प्रकासित गरेका छन् ।