नेपाल आयल निगमले डिजेल र मट्टितेलमा एक-एक रुपैयाँ घटाएको छ ।
निगमले वैज्ञानिक भाडादर कार्यान्वयन गर्न डिजेल र मट्टितेलमा एक-एक रुपैयाँ घटाएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । डिजेल र मट्टितेलको भाउ ८१-८१ कायम भएको छ ।
डिजेलमा मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्ने भएको छ ।
व्यवसायीले वैज्ञानिक भाडादर कार्यान्वयन गर्न मापदण्डअनुसार मूल्य नघटेको भन्दै अटेर गरेका थिए । निगम प्रवक्ता बरालले पनि सरकारको आग्रहमा मूल्य घटाएको बताए ।
निगमले पाँच दिनअघिमात्रै पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । ईकान्तिपुरमा समाचार छ ।