प्रवासी हातेमालो बचत तथा ऋण सहकारी सस्थाले दिपावलीको शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

प्रवासी हातेमालो बचत तथा ऋण सहकारी यूएईले दिपावली मनाउने भएको छ । सहकारिले दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष राम कुमार चाम्लिङको अध्यक्षतामा दुबईको वर्षा पार्कमा भएको बैठकले सो निर्णय गरेको हो । 
आउदो नोभेम्बर १२ शुक्रबार दुबइको जबिल पार्कमा कार्यक्रम गरिने भएको हो । सो कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ ।
संस्थाले आपत बिपतमा परेका नेपालीहरुको मानबिय सहयोगको लागि खडा गरेको उद्दार तथा राहत कोषमा सहयोग गर्ने हेतुले आगामी आउने तिहारमा भाग्य चिट्ठा उपहारको पनि आयोजना गर्ने जनाएको छ । जसको लागि एउटा टिकटको दिराम १० राखिएको छ । जसमा प्रथम पुरस्कार ल्यापटप ,दोस्रो पुरस्कार ३२