बाबु रोका मगर
दिल्ली । लोकतान्त्रिक संबिधान निर्माण गरौ ! संघियताको बिरोध गरौ गणतन्त्र संस्थागत गरौ ! धर्मनिरपक्षेता कायम गरौ ! प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गरौ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिद्दारा दिल्लीको जन्तर मन्तरमा जुलुस प्रदशर्न गरिएको छ।
कार्यक्रममा सबै प्रवक्ताहरुले अहिलेको समयमा नेपाल भित्र बिदेशी हस्तक्षेप र संघियता भित्र्याउनु सरासर गलत भन्दै यसको बिरोध सम्पूर्ण नेपाली हरुले एकजुट भएर गर्नु पर्ने सन्देश दिदै प्रधान मन्त्रिलाइ नेपाली राजदुतावास मार्फत ज्ञापन पत्र बुझाउने जानकारी गराएका थिए।
प्रवासी नेपालीहरुको बाक्लै उपस्थिति संगै उक्त कार्यक्रममा अतिथिहरु केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा, महासचिव (राजमो) सन्त बहादुर नेपाली, भू.पू साम्सद हरि आचार्य र सल्लाहकार दुर्गा बहादुर केसी को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मित्रलाल शर्मा, हरि आचार्य लगायत अन्य प्रवक्ताहरुले लिपू लेक, चिन र भारत संग जोडिएका सिमाहरु प्रति कुर्सिको लालच गर्ने नेताहरुले कुनै चासो नदिएको र त्यस्ता लालची नेताहरुको पछी लागेर देश लाइ तहसनहस नबनाउन आम जनताहरुलाई आग्रह गर्दै भ्रष्ट्रचारी नेताहरुलाई खबरदारी गरेका छन् ।