काठमाडौं । शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार भयो । बजार परिसूचक नेप्से १५ अंक बढीले उकालो लागेर ११ सय ८३ मा पुग्यो ।
कारोबार भएका मध्ये अधिकांशजसो समूह हरियो रहेसंगै नेप्सेमा सुधार आएको हो । बीमा समूहमा १ सय १ अंकको उच्च सुधार भयो ।
जलविद्युत समूह पनि ३९ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूह १६ अंकले बढ्यो । अन्य समूहमा पनि ८ अंकको बृद्धि आयो ।
उत्पादनमूलक र होटल समूह भने सामान्य अंकले रातो रहे । यस दिन कारोबार परिमाण पनि उच्च नै रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको ११ लाख ७८ हजार कित्ता शेयर ४६ करोड ८२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।