कतारमा प्रगतिशिल तिज कार्यक्रम सम्पन्न (फोटो फिचर)

राम प्रसाद पराजुली



दोहा कतार । “सम्पूर्ण प्रबासी श्रमिकहरु एक हौ” सामाजिक बिकृति र विसंगतिका विरुद्ध संघर्ष गरौ भन्ने मूल नाराका साथ् ११ सेप्टेम्बर २०१५ सुक्रबारका दिन  कतार नेपाली एकता समाज अन्तर्गत महिला विभाग कतारले महिला हरुको महान चाडको अबसर पारेर  प्रगतिशिल तिज कार्यक्रम दोहा कतारको एक होटलमा भव्यरुपमा सम्पन्न गरेको छ ।

 



 

विभागकि सचिब सन्जु सुन्दासको सन्चालन र कतार नेपाली एकता समाज महिला बिभागकि अध्यक्ष अमिना खानको  अध्यक्षता बाट सुरु भएको सो कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रति १ मिनेट मौनधारण पश्चात सुरु भएको थियो ।

 



 

कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन प्रमुख अतिथि र  अतिथि अन्तर्राष्ट्रिय एकता समाजका महासचिव अर्जुन थापा , कतार नेपाली एकता समाजका सस्थापक कोषाध्यक्ष सबिन श्रीस , एकता समाजका कोषाध्यक्ष धन बहादुर परियार , एकता समाजका सचिब बिष्णु थापा बुद्धिजीवी विभागका अध्यक्ष कमल आचार्य, रक्तिम सास्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्य , अल्खोर एरिया समितिका उपाध्यक्ष खेतुलाल बन्जाडे , सनैया ए एरिया समितिका  सल्लाहकार  गोबिन्दलाल बि क, सनैया बि एरिया समितिका सलाहकार राम इन्दल तामाङ , सनैया सि एरिया समितिका अध्यक्ष अन्तमान गुरुङ, सनैया डि एरिया समितिका सचिब तेज नारायण शर्मा ,मन्सुरा एरियाका समितिका अध्यक्ष युद बहादुर भुसाल ,सैलिया एरिया समितिका अध्यक्ष लक्ष्मण कोइराला , सलता एरिया समितिका अध्यक्ष तेजवीर घ्रती,  दोहा एरिया समितिका अध्यक्ष गिरी काउछा ,  हाँक साप्ताहिक पत्रकार उदब मगर, कतार नेपाली एकता समाजका प्रत्रकार राम प्रसाद पराजुली, गल्फ टाइमका पत्रकार उशा वाग्ले गौताम जि अनी शिवराज गौतम जि हरुको प्रतिनिधित्व रहेको थियो ।

 



 

महिला बिभागकि प्रथम उपाध्यक्ष जानुका खड्काले  उपस्थिति सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु  स्वागत गर्नु भएको थियो  रक्तिमका सास्कृतिक परिवारका कलाकार हरुले देश भक्ति गीता बाट संदेश दिदै मधेसी पहाडी हिमालका  हिमाली सयै जनजनजाती हामी सबै नेपाली भन्ने गित बाट सबै लाइ स्वागत गरेका थिए ।

 



 

प्रगतिशील तिज कार्यक्रमको बारेमा प्रस्ट पर्दै बिभागकि कोषाध्यक्ष रेनुका चौलागाईले विदेशको कुना कुना मा रहेर पनि यसरि हामी महिला दिदिबहिनि हरु यसरि हातमा हात राखी अघि बढियो भने भोलि का दिन हरुमा महिला हक अधिकार र समाजलाई सजिलै परिबर्तन गर्न सकिने बताउनु भयो , दुखि पिडित हामी महिला हरुलाई अहिलेको अवस्थामा पनि घरकै चुलो चौको खेतबारी गरेरै बस्नु पर्ने बाध्यता अनेकौ  समस्या झेल्दै बस्नु परेको अबस्था र पुरुष प्रधान सोचलाई परिबर्तन गर्नु पर्ने जिकिर गर्नु भएको थियो  प्रबासमा रहेर पनि हामी हरुले यसरि हाम्रो कला सस्कृतिको जगेर्ना गर्दै आफ्ना बेदना र विचारहरु  लाइ प्रगतिसिल तिज गित बाट भएपनि हाम्रो यो पीडादायी क्षेणलाइ केहि समय भएपनि भुलाउदै यो कार्यक्रम गर्न सफल भएको मा खुसि ब्यक्त गर्दै हामी बिदेशिन बाध्य भएका सम्पूर्ण नेपाली  हरु लाइ आजकै दिन देखि कुनै पनि कुराको भेदभाव नराखी सम्पूर्ण दाजु भाइ दिदीबहिनी हरुलाइ एकता र सद्भावको विचार राखी सधै अघि बढ्न अनुरोध गर्नु भएको थियो  छोटो समयमा महिला विभागले कतारमा गरेको प्रगती प्रति खुशी प्रकट गर्दै सफलताको शुभ