यूएईमा कार्यरत नेपाली महिलाहरु गाउंघरलाई सम्झदै तीज मनाउदै

उमाकान्त पाण्डे  – यूएई , भदौ ३० – यूएईमा कार्यरत नेपाली महिलाहरुले गाउंघरलाई सम्झदै तीज मनाउदै गरेका छन । यहाँ कार्यरत धेरै नेपालीमहिलाले कम्पनीका मजदुर क्याम्पमा विदा लिएर नाचगान गरी रमाइलो गरेर तीज मनाउदै छन भने ड्युटी बिदा नपाएका महिला भने काम गर्दै गाउंघरलाई सम्झिएर परदेशमा तीज मनाउदै गरेको बताउछन । 
झल्को आउछ तीजमा आमाको 
आलु बोडी अनी तरकारी तामाको
जब आउछ नजिक चाड र पर्व 
सम्झना आउछ माइतीको देश  
लोक गायिका मन्जु पौडेलले भने जस्तो परदेशमा आफ्नो गाउ ठाउँमा तीज मनाएको सम्झिदा मन भक्कानिने यूएईको दुबइमा कार्यरत काठमाण्डौ भत्तपुरकी आस्था थापा बताउनु हुन्छ । डर र त्रासकै बिचमा नेपालमा जस्तो खुल्ला स्थानमा तीज मनाउन नपाएको भनाइ उहाको छ । 
Displaying sabai jana teej auh for report.jpg
जहाँ जस्तो भए पनि सबै नेपाली एक भएर तीज मनाउन सके रमाइलो र राम्रो हुने यूएईको आबुधाबीमा कार्यरत काठमान्डौकी सबिता थपलिया बताउनु हुन्छ ।  र आफुले सोही अनुसार तीज मनाइ रहेको उहाले बताउनु भयो । 
गाउंघरमा रातो साडीमा सजिएर छमछमी नाचेको सम्झना आए पनि बाध्यताले बिदेशिएका आफु जस्ताले ड्युटीको समय मिलाएर भए पनि रमाइलो गरेर मनाउने भनाइ छ ३ बर्ष देखी आबुधाबीमा कार्यरत झापा बुधबारेकी सुनिता लिम्बुको । गाउंघरलाई सम्झिएर परदेशमा तीज मनाउदाको कुरा गर्दा उहाका आँखा रसाउछन । 
नेपालमा जस्तो बिदेशमा तीज रमाइलो नहुने र घरदेशमा जस्तो गरेर मनाउन नसकिने भएकाले यहाँ कार्यरत धेरै महिलाको पिडा एउटै भएको आबुधाबी पुलिसमा कार्यरत बारा पिलुवाकी शुशिला कुईकेल बताउनु हुन्छ । आबुधाबी पुलिसमा कार्यरत सबै नेपाली दिदी बहिनी मिलेर  ब्यारेकमा भएका सबैजना मिलेर गए राती दर समेत खाएको कुईकेलले बताउनु भयो । हिन्दू महिलाहरु मात्र नभएर परदेशमा रहेका अन्य धर्मावलम्बीहरुले पनि आफुहरु सगै तीज मनाएको उहाको भनाइ छ । 
Displaying IMG_2228.JPG
माइतीको याद आए पनि के गर्नु ? आमाको हातले पकाएर खाएको दर र बुवाको आगनीमा नाचेको सम्झना सँगै परदेशमा मिठो मसिनो खाएर तीज मनाइरहेको आबुधाबीमै कार्यरत झापा चारआलीकी सुनिता तिवारीले बताउनु भयो । 
घरदेशमा तीज भित्रिएकोले परदेशमा रहेका नेपाली महिलाहरुलाई यती बेला झन बढी गाउघरको सम्झनाले सताउने गर्छ । महिलाहरुको चाड तीज आउँदा माइतीको देश भन्दा टाढा पराइदेशमा बसेका नेपाली चेलीको मन नरुने कुरै भएन । यूएईमा रहेका नेपाली महिलाहरु बिदाको दिन शुक्रबार एकै ठाउँमा जम्मा भएर समुहमा तीजका गीत गाएर रमाइलो गर्न लागेको एक महिना बढी भईसक्यौ । 
साताभरी काम गरेर हप्ताको एक दिन पाउने बिदा त्यसमा पनि सार्वजनिक बिदाको दिन बाहेक अन्य भएमा यहाँ आयोजना गरिने कार्यक्रम समेत जान समेत पाउदैनन नेपाली महिलाहरु । दुबइमा कार्यरत कैलाली मालाखेतीकी पुस्पा भण्डारी भट्ट धेरै महिलाले कामको थकान लाई बिर्सेंर दु:ख शुख साट्ने प्रयास गर्ने गरेको बताउनु हुन्छ ।     
बिदेशमा आफ्नो नेपाली कला सस्क्रितीको सरक्षण गर्दै नेपालमा जस्तो बिधिवत रुपमा पुजा गर्न नसके पनि यूएईमा रहेका धेरै महिला सक्दो ब्रत बसेर तीज मनाइरहेका हुन्छन । विगत ८ बर्ष देखी दुबइमा कार्यरत धनगढीकी सन्ध्या भण्डारी बोगटीको भनाइ पनि उस्तै छ । ‘आफ्नै कोठामा जसरी सकिन्छ त्यसरी आफुले तीज मनाउने गरिन्छ ,’ उहा भन्नुहुन्छ “कतिपयलाई त कामको ब्यस्तताले पनि तीज आए गएको पत्तो हुँदैन ।’
 
त्यसो त परदेशमा कार्यरत नेपाली महिलाहरुले आफ्ना पुरुष साथी श्रीमानले गरेका हेला , गल्ती कमजोरीका कारण आफु बिदेशिनु परेको समेत गिती भाका मार्फत पोखेका हुन्छन । त्यस्ता भाका यहाँ आयोजित कार्यक्रमहरु प्रस्तुत गरेको पाईन्छ । 
Displaying IMG_2233.JPG
यूएईमा रहेका नेपालीले यस् पटक पनि अघिल्ला बर्षहरुमा जस्तो नेपालमा नाम चलेका राष्ट्रिय कलाकारलाई यहाँ ल्याएर कार्यक्रम गरी केही हद सम्म नाच्ने धोको पुरा गरेका छन । कलाकारहरु पनि बिदेशमा रहेका नेपालीले आयोजना गरेका स्टेज कायक्रममै ब्यस्त देखिन्छन । बिदेशमा जिल्ला अञ्चल जात क्षेत्र बिशेषका आ-आफ्ना नेपाली समुदायले कार्यक्रम आयोजना गर्ने भएकाले कलाकारको माग पनि सोही अनुसार बढेको छ । यूएईमा यस् पटक नायिका रेखा थापा , प्रियकां कार्की , लोक गायिका मन्जु पौडेल , रमिला न्यौपाने , कृष्णा गुरुङ्ग ,जानकी तरामी मगर, हाँस्य कलाकार मनोज गजुरेल , कमल गाउंले लगायतका कलाकारले तीज धमाका मनाए । त्यस्तै रुन्चे गायक प्रकाश पौडेल , भद्रगोलका कुमार कट्टेल,पाँडे सोल्टि , बेलासे ,  लोक तथा दोहोरी गायक रामजी खाँड , कुलेन्द्र बिक , ले पनि यहाँ रहेका नेपालीलाई मनोरन्जन दिएका थिए ।