राम प्रसाद पराजुली
दोहा, कतार । कतार नेपाली एकता समाज अन्तर्गत महिला बिभागले नारायणघाट घर भै बिगत केही महिना देखी कतार मा कार्यरत रहदै आउनु भएकि मिर्गौला पीडित संगीता गुरुङलाई उपचारको लागि केही आर्थिक सहयोग गरेको छ ।
बिभागले प्रगतिशील तिजको कार्यकर्मको अब्सर पारेर कार्यकरम मा उपस्थिती दाजु भाई तथा दिदीबहिनी हरुको बिच आथिक सन्कलन गरी बिभागले सहयोग गरेको हो ।
घरको आर्थिक अवस्था कम्जोर भएको कारणले बिदेशिन बाध्य हुनु भएको गुरुङ वैदेशिक रोजगारीको सिलसिलमा कतार आउनु भएको हो गुरुङ बिगत ८ महिना देखी कतारमा रहेको एक किलिनर कम्पनी मा कार्यरत हुनुहुन्छ विभिन्न पिडा हरुलाई लुकाउदै हसिलो मुहार देखाउदै हिड्न बाध्य हुनुभएको गुरुङ हेदा कुनै पनि रोग लागेको जस्तो देखिदैन तर बिडम्बना उहाका मिर्गौलामा समस्या देखिए पछि उपचारको लागि केहि आर्थिक सहयोगको अपेक्षा गर्दै उहाले कतार नेपाली एकता समाज महिला बिभागलाइ सहयोग को लागि अनुरोध गर्नु भएको थियो भने विभागले गुरुङ लाइ प्रगतिशील तिज कार्यक्रममा संकलित आर्थिक हस्तान्तरण गरेको छ ।
महिला विभागले प्रगतिशील तिज कार्यक्रम सगै यसरि पिडितलाई सहयोग गर्न पाएको मा बिभागकि अध्यक्ष अमिना खानले खुसि ब्यक्त गर्नु भयो भने उहाँलाई सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद प्रकट गर्दै मिर्गौला पीडित गुरुङलाई कतार नेपाली एकता समाज अन्तर्गत महिला बिभागले उहाँको शिघ्रस्वास्थ लाभको कामना सहित कतारी रियल (QR-425) महिला बिभागकि सचिब सन्जु सुन्दास र सदस्य रेनु गुरुङले उहाँलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।