भारतको गुडगावमा महिला दिदीबहिनीहरुले तिजमा धुम मच्चाए (फोटो फिचर)

बाबु रोका मगर 



गुडगाव, भारत ।  नेपाली जन सम्पर्क समिती गुडगाव शाखाको समितीले गुडगाव सिकन्दरपुर स्थित हिन्दु नेपाली नारीहरुको महान चाड तिज बिशेषलाइ ध्यान राख्दै बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म ब्यबस्थित तरिकाले प्रवासी नेपाली दिदीबहिनीहरुलाई तिजको धुम मच्चाउने अवसर दिएको हो । 

 



 

उक्त तिज कार्यक्रमको अध्यक्षता मणिराम पाण्डेले गर्नु भएको थियो भने संचालन नेपाल आवाजको तर्फ बाट बाबुराम बन्जाडेले गर्नु भएको थियो । 

 


 

बिशेष अतिथिमा गुडगावका प्रेसिडेन्ट जिल्ले सिह नमबेंदर जी हुनुहुन्थ्यो भने तिज कार्यक्रम सफल बनाउनको निम्ति समितिका सदस्यहरु राजु नेपाल, ललित जिसी, राजेश कोइराला, बिमल थापा मगर लगायत अन्य साथीहरुको बिशेष भूमिका रहेको थियो । 

 



 

तीजकै कार्यक्रमको क्रममा सेक्टर-४ गुडगाव स्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति द्दारा आयोजित तिज कार्यक्रम चन्द्रकला थापा मगर को अध्यक्षता मा सम्पन्न भएको थियो भने अतिथिमा क्षेत्रीय उपाध्यक्ष शेर बहादुर थापा मगर हुनु भएको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगावका सदस्य इन्द्र बहादुर थापा मगरले अर्घाखाँची डटकम लाइ दिनु भएको छ ।