रामेछापको सालुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, झण्डै ५० जना बढी घाइते

रामेछापको मन्थलीबाट यात्रु बोकेर गोठगाउँ जाँदै गरेको यात्रु वाहक बस आज अपरान्ह सालुको गैह्राथोकमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर झण्डै ५० जना बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मन्थली तर्फ पठाउन सवारी साधनको अभाव देखिएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएका माध्ये हाल सम्म मन्थली नपा ७ की दिलमाया मगर, गोठगाउ ४ का हेमवहादुर थापा र गोठगाउ ५ का भिमवहादुर वुढाथोकीको सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले घटनास्थलबाट घाइतेको उद्धार भइरहेको जनाएको छ । मन्थलीबाट झण्डैं १५ कोलोमिटर पुर्वको दुर्घटनास्थलमा सदरमुकामबाट उद्धारका लागि एम्बुलेन्स र अन्य सवारी साधन लिएर प्रहरी, सेना र अन्य थुप्रै उद्धारकर्मी गएका छन् । सालुका स्थानीय बासिन्दापनि उद्धारमा खटिएका छन् ।
दुर्घटनाको कारण अझै खुलेको छैन । बस सडक भन्दा झण्डै ५० मिटर तल खसेको स्थानीयले जनाएका छन् । बसमा ७० भन्दा बढी यात्रु थिए । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु