नयाँ संविधानको स्वागातार्थ दिपावली कार्यक्रममा सहभागी हुन अखिल भारत नेपाली एकता मन्चको आग्रह

नयाँ संविधानको स्वागातार्थ आइतबार साँझ दिल्ली स्थित नेपाली दुतावासमा हुन लागेको दिपावली कार्यक्रममा सहभागी हुन अखिल भारत नेपाली एकता मन्चको केन्द्रीय परिवारले भारतमा रहेका आम नेपालीहरुमा आग्रह गरेको छ । 

आइतबार साँझ घोषणा हुन लागेको नयाँ संविधानको स्वागतार्थ दिपावली कार्यक्रमको आयोजना दिल्लीस्थित नेपाली दुतावासले आयोजना गरेको हो । 
साँझ ५ बजे हुने दिपावली कार्यक्रम दुतावासमै आयोजना गरिएको एकता मन्चका आरवी खड्काले बताएका छन् ।