उमाकान्त पाण्डे / यूएई, असोज ३ – यूएईमा रहेका नेपालीले नयाँ संविधानको स्वागत गरेका छन । अर्घाखाँची बाट यूएईमा आइ बिभिन्न पेशा ब्यवसायमा आबद्द नेपालीहरुले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को स्वागत गरेका हुन । उनिहरुले यूएईको जबिल पार्कमा जम्मा भएर मैनबत्तीले नेपालको नक्सा बनाइ मैनबत्ती बालेर संविधानको स्वागत गरेका हुन ।
यूएईमा संविधानको स्वागत गर्ने नेपाली सस्था मध्ये अर्घाखाँची संपर्क समिति पहिलो भएको छ ।
गत शुक्रबार नेपाली महिलाहरुको महान पर्व तीजको दर खुवाउने कार्यक्रम राखिए पनि नेपालमा संविधान बनेर जारी हुने निस्चित भएपछि बिशेष कार्यक्रम मार्फत स्वागत गरिएको हो । कार्यक्रममा अर्घाखाँची र त्यसका छिमेकी जिल्लाका यूएईमा कार्यरत ३ सय बढी नेपालीको उपस्थिती रहेको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितले नाचेर गाएर संविधान आउन लागेकोमा खुशीयाली मनाएका थिए ।
दुतावास बन्द गरेर दिपावली मनाइने
यहाँ रहेका सम्पूर्ण संघसस्था मिलेर आबुधाबीमा रहेको दुतावासमा साझ भेला भई दिपावली मार्फत संविधानको स्वागत गर्ने योजना बनाएका छन । दुतावास परिसरमा बिशेष कार्यक्रम आयोजना गरेर संविधानको स्वागत गर्न सके थप राम्रो हुने सरोकारवाला नेपाली संघसस्थाका प्रतिनिधिहरुको धारणा छ ।
यसै बिच यूएईको आबुधाबीमा रहेको दुतावास सोमबार १ दिनका लागि बन्द हुने भएको छ । दुतावासले एक सूचना जारी गर्दै सोमबार दुतावास बन्द रहने जनाएको छ । सरकारले संविधान जारी भएको अर्को दिन बिशेष सार्वजनिक बिदाको घोषणा गरेकोले यूएईमा रहेको दुतावास पनि एकदिनका लागि बन्द हुने भएको हो । दुतावासमा आइतबार र सोमबार साझ दिपावली गरेर खुशीयाली मनाउने भएको हो ।