उमाकान्त पाण्डे / यूएई, असोज ५ – देशमा नयाँ संविधान घोषणा भए लगत्तै परदेशमा रहेका नेपाली पनि खुशी भएका छन् । संविधान घोषणाको खुशीमा युएईमा रहेका नेपालीले दिपावली गरेर संविधानको स्वागत गरेका छन । संम्युत्त अरब एमिरेट्स यूएईका बिभिन्न राज्यमा बस्ने नेपालीहरुले आफुहरु जम्मा हुने स्थानमा भेला भएर दिपावली गर्दै खुशीयाली मनाएका हुन । बिदेशमा रहेका नेपालीको अभिभावकत्व मानिने नेपाली दुतावास आबुधाबीले आइतबार बेलुका देखी सोमबार बेलुका दुई दिन सम्म दिपावली गरेर संविधानको स्वागत गर्ने जानकारी दिएको छ ।
दुतावासमा यहाँ सकृय रहेका नेपाली संघसस्थाका प्रतिनिधिहरु पनि उपस्थित भएर हर्षोल्लासका साथ खुशी साटिरहेका छन । आइतबार संविधान जारी भए लगत्तै दुतावासले आयोजना गरेको दिपावली कार्यक्रममा दुतावासका कर्मचारी , एनआरएन , नेपाली समाज , नेपाली व्यवसायी तथा यहाँ रहेका बिभिन्न राजनीतिक दलका भात्री सगंठनका प्रतिनिधिहरुको उपस्थिती थियो ।
दुतावास परिसरमा उपस्थित नेपालीहरुले मैनबत्ती द्वारा नेपालको नक्सा भित्र