भारतीय हस्तक्षेपको बिरोधमा चितवनमा हिन्दी च्यानलको प्रशारण बन्द

भारतीय हस्तक्षेपको बिरोधमा देशभर विभिन्न गतिविधिहरु भइरहँदा चितवनस्थित चित्रवन युनिक केवल टेलिभिजन प्रालिले शनिवारबाट हिन्दी च्यानलको प्रशारण बन्द गरेको छ ।
देशभर राष्ट्रियताको आन्दोलन चलिरहँदा यसप्रति सांकेतिकरुपमा ऐकबद्धता जनाउँदै हिन्दी च्यानलहरु बन्द गरिएको सूचना केवल टेलिभिजनले प्रशारण गरिरहेको छ । तर भारतीय हस्तक्षेप बिरुद्धको अभियानमा सहभागि केहि विद्यार्थी संगठनको दवाव पछि केवल टेलिभिजनले हिन्दी च्यानलको प्रशारण रोकेको स्रोतले बताएको छ ।
नेपालमा संबिधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीका कारण बिशेषतः नेपाली युवाहरुमा आक्रोश बढाएको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जाल देखि सडक सम्म भारतको हस्तक्षेपको बिरोधमा स्वरहरु बढ्दै गएका छन् । चितवनका संचारमाध्यममा समाचार छ । 

अन्य समाचारहरु