बाबु रोका मगर
दिल्ली । जनताको हक हितमा ऐतिहासिक संबिधानको बनेको खुशीमा राजधानी दिल्ली स्थित अध्ययनरत मुल प्रवाह पश्चिम उत्तर क्षेत्रीय समिती विधार्थी विभागका विधार्थी द्दारा असोज ३ गते घोषणा गरिएको संबिधानको स्वागत कार्यक्रम उक्तदिन समयको अभावको कारण मनाउन नसकेको हुँदा असोज १० गते आइतबारको दिन बिशेष कार्यको साथ् मनाएको छ।
कार्यक्रममा मुल प्रवाह एकता समाजका उपाध्यक्ष कपिल खनाल, क्षेत्रीय समिती अध्यक्ष ठाकुर खनाल र केन्द्रिय सदस्य मोतीराम गौतमको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा उपस्थित प्रवक्ताहरुले संबिधान सम्बन्धि आ आफ्ना अमुल्य वक्तब्य प्रस्तुत गरेका थिए । आयोजक का विधार्थीहरु भन्छन अहिलेको समयमा नेपाली युवाहरुको मन मस्तिष्क भित्र देशभक्ति भावाना जन्माउनको लागि प्रत्येक महिना सन्देश मुलक कार्यक्रमको आयोजना गरिरहेको बताउछन ।
संबिधान स्वागत कार्यक्रम मैन बत्ति जलाई गरिएको थियो सो कार्यक्रमका अध्यक्ष अजय आचार्य थिए भने कार्यक्रमको संचालक सचिव रोशन खनाल रहेका थिए ।