यूएईमा श्रदान्जली सभा

पावेल शर्मा, – दुबइ -युएई नेपाली एकता समाजको केन्द्रीय समितिले श्रदान्जली सभा सम्पन्न गरेको छ । मुलप्रबाह अखिल भारत नेपालि एकता समाजका निबर्तमान केन्द्रिय कोषाध्यक्ष स्वर्गिय खडक बहादुर जीसीको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो ।
युएईको साधारण सार्बजनिक बिदा शुक्रबारको दिन पारेर अल्कुजको एक मजदुर क्याम्पमा आफ्ना कार्यकर्ताको व्यापक उपस्थितिमा स्वर्गिय खड्क बहादुर जिसीको फोटोमा माल्यार्पण तथा एक मिनेट मौनधारण गरिएको थियो । 
समाजका केन्द्रिय कोषाध्यक्ष लेखनाथ अधिकारिको अध्यक्षता, केन्द्रिय सदस्य पावेल शर्माको सन्चालनमा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्र एरियाबाट आएका कार्यकर्ता समेतले आ-आफ्नो मन्तब्य मार्फत स्वर्गीय जीसी प्रती भाबपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रेमराज भण्डारिले खडक बहादुर जीसी बहुप्रतिभाशाली नेता भएको जिकिर गर्दै उहाँले पञ्चायत तथा प्रतिगमन विरुद्ध लोकतन्त्र र नयाँ जनबादी क्रान्तिलाई अगाडि बढाउन ठूलो योगदान दिएको बिचार व्यक्त गर्नु भयो ।
समाजका केन्द्रिय सदस्य याम पुनले प्रबासि नेपाली हरुले हक र हितको लागि निरन्तर सङ्घर्स गर्ने एक अभिभावक गुमाएको भन्दै उहाँको निधनको शोकलाई शक्तिमा बदल्दै जीसीले देखाएको बाटोमा निरन्तर लागिरहने बताउनुभयो ।
केन्द्रिय सदस्य भानुभक्त शर्माले जीसीको ब्यक्तित्वको चर्चा गर्दै उहाँको निधनले प्रबासी नेपाली मजदुरहरुले एउटा असल अभिभावक गुमाउनुपरेको भन्दै नेपालको कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति भएको बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा महेश शर्मा र पुरन शर्माले पनि आफ्नो शोक व्यक्त गर्दै कम्युनिस्ट आन्दोलनका एक असल शिक्षक र प्रबासी मजदुरका अभिभावक गुमाएको महशुस भएको धारणा राख्नु भएको थियो ।  
२००८ कार्तिक १२ गते बागलुङ जिल्ला जैदी १, कुईदाङमा जन्मनु भएका जीसीको परिवार हाल बाँकेको कोहलपुरमा छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खडकबहादुर जीसीको गत २९ भदौमा दक्षिण भारतको चेन्नईमा भएको हो ।