अर्जुन खनाल
काठमाडौं । लामो समयदेखीअस्ट्रेलियामा रहेर विभीन्न रचनात्मक तथा कलात्मक कार्यमा आफ्नो छुट्टै छाप छोडेका कृष्ण गिरीले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को यूवा संयोजकको पदमा उमेद्धारी दिने भएका छन् ।
अक्टोवर १४ देखि १७ सम्म काठमाण्डौमा हुने सातौं महाधिवेशन तथा बिश्व सम्मेलनमा गिरीले जितेको खण्डमा आगामि कार्यकाल १५-१७ का लागि यूवा संयोजक पदमा काम गर्ने अवसर प्राप्त हुनेछ ।
उनले प्रेस विज्ञप्ती जारी गर्दै यस पदका लागी आफ्नो उमेद्वारी दिने इच्छा व्यक्त गरेको जनाउदै सहयोगका लागि अनुरोध समेत गरेका छन् । गैर आवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को यूवा उपसंयोजक पदमा रहेर बर्तमान कार्यसमिति (आईसीसी) मा डलर १ कापि र कलम, एनआरएनए भवन निर्माण, स्कील, नलेज एण्ड ईनोभेसन परियोजना, एनआरएनए क्षेत्रिय तथा एनआरएन डे कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा कार्य गर्दै आएका उनले आफु यस पदका लागी सफल उमेद्धार समेत भएको विज्ञप्तीमा जनाएका छन् ।
बिगत ४ बर्ष देखि अष्ट्रेलियाको नेपाली समुदायमा द नेपाली भिजन अष्ट्रेलिया मासीक पत्रिका तथा अनलाईन न्यूज पोर्टलको प्रकाशक तथा सम्पादन गर्दै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत गिरीले एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य, आईटी संयोजक, सोसीयल वेलफेयर फण्ड निर्माण, एनआरएनए हेल्प डेस्क, सातौ एनआरएन क्षेत्रिय सम्मेलन तथा नेपाल फेष्टिभल जस्ता नेपाल र नेपालीलाई गौरव गराउने कार्यक्रम आयोजनाको मुख्य जिम्मेवारी लगायत दर्जनौं परियोजनामा
सही जिम्मेवारी भूमिका निर्वाह गर्दै परियोजनालाई सफल बनाएका छन् ।
मैले गर्दै आएको कार्य तथा परियोजनालाई एनआरएनएको ७१ ओटा एनसीसीमा पुर्याउन, मैले नेपाली समुदाय र एनआरएनएमा कार्यगरेको अनुभब र समयलाई सदुपयोग गर्दै संस्थाका माध्यमबाट नेपाल र नेपालीका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु- विज्ञप्तीमा उनले भनेका छन् ।
यूवाहरुको संजाललाई प्रभावकारी रुपमा सबै एनसीसीमा बिस्तार गर्न, प्रवासमा हुर्केबढेका बालबालिका तथा यूवालाई एनआरएनएमा नेतृत्व बिकास गराउन, प्रवासमा हुर्केबढेका बालबालिका तथा यूवालाई नेपाल र नेपाली संग सम्बन्ध बिस्तार तथा रोजगारीका शिलशिलामा खाडिमुलुक पुगेका तथा अन्य देशमा प्रवाशिएका यूवाहरुलाई सशक्तिकरण गर्दै पूजी, शिप र बिकासको वातावरण श्रृजना गर्नका लागी आफ्नो उमेद्धारी रहेको उनले विज्ञप्तीमा वताएका छन् ।
यस्तैगरि प्रवासमा रहेका यूवाहरुमा खेलकुदको बिकास गराउँदै ज्ञान, शिप र पूजिलाई नेपाल भित्र्याउन, संघले अघि सारेका नीतिनिर्माण तथा परियोजनालाई प्रभावकारीरुपमा सफल पार्नका लागि आफ्नो जित आवश्यक रहेकाले जिताउन आग्रह समेत उनले यसै विज्ञप्तीमा भनेका छन् । गिरी अहिले एनआरएन आईसीसीको युवा उप संयोजक रहेका छन् ।