मंगलबार शेयर बजारमा सुधार आयो ।
यसदिन उतार-चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंकले उकालो लागेर ११ सय ६८ कायम भयो । कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्सेमा सुधार आएको हो ।
बीमा समूहमा सबैभन्दा उच्च २७ अंकको सुधार आयो । जलविद्युत् र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार भयो । अरु समूह भने सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीको ७ लाख ८४ हजार बराबर कित्ता शेयर ४६ करोड ४५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।