बाबु रोका मगर
“नेपाली देशभक्त युवा समाज” मुनाफा रहित नेपाली र नेपाल राष्ट्रको हितका निमित्त सकारात्मक सोच र विचारका साथ नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वदेश तथा बिदेशी भूमिमा रहेका नेपाली युवाहरु बिच प्रारम्भिक भेला र छलफल भई परिकल्पना गरिएको एक मात्र गैर-राजनीतिक सामाजिक संस्था हो ।

विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएको छ। नेपालको आर्थिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक,स्वास्थ्य,शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवालालाई सचेत गराउने तथा नेपाललाई आन्तरिक तथा बाह्य हस्तक्षेप बाट मुक्त गर्दै विश्वमा एक सफल राष्ट्रको रुपमा चिनाउने उद्देश्यले स्थापित यो संस्था केन्द्रिय स्तरमा नेपालको राजधानी काठमाण्डौ स्थित दर्ता भएको छ।

उक्त संस्थाको आधारमा दिल्ली एन सी आर क्षेत्रमा रहेका नेपाली देशभक्त युवाहरुले गत बर्ष देखि दिल्ली एन सी आर क्षेत्र लगायत भारतका विभिन्न क्षेत्रमा सामाजिक काम काजहरु गर्दै आएको र आगामी दिनहरुमा पनि समाज र जनताहरुको हक हितका लागि सकारात्मक काम गर्ने प्रतिबद्दता जाहेर गर्दै समाजमा नौलो परिवर्तन ल्याउने उद्देश्यले यस पटक दिल्ली एन सी आर समितीका सबै पदाधिकारी हरुको सहमति मार्फत आफ्नै देश नेपालमा नशा मुक्ति अभियानमा जुटेको आम जनताहरुलाई जानकारी गराउदै सो अभियान अर्घाखाँचीको ढाकाबांग, असुरकोट र धारापानी बाट कार्तिक महिनाको पहिलो हप्ता देखि संचालन गर्ने भएको छ।
समाज अनि राष्ट्र लाइ परिवर्तन गर्नको लागि पहिले हामी युवाहरु सभ्य बन्न सक्नु पर्छ सभ्य बन्नको लागि धुम्रपान तथा मद्यपान बाट टाढा रही सधै सकारात्मक सोच संगै परिवर्तन बोलेर होइन गरेर मात्र सम्भव छ भन्ने बिचार र कार्य संगै उक्त समितीले दिल्ली एन सी आर का प्रतिनिधि उपाध्यक्ष नन्दु प्रसाद घिमिरे र सहयोगी माधव प्रसाद भुसाल लाइ यस अभियानको संचालक को रुपमा नेपाल पठाउदै छ | उक्त नशा मुक्ति अभियान कार्यक्रम लाइ सफल बनाउनको निम्ति सम्पूर्ण बुवाआमा द्दाजुभई तथा दिदीबहिनी हरुलाई सकारात्मक सल्लाहा सुझाव अनि सहयोग को लागि आग्रह गरिएको छ ।