कतारमा एकता समाजको अलखोर इकाई समिति गठन

राम प्रसाद पराजुली 



दोहा, कतार ।  कतार नेपाली एकता समाज केन्द्रय समिति अन्तर्गत पर्ने अलखोर रास्लाफान एरिया समितिको मातहतमा रहने गरि अलखोर सनैया इकाई समिति गठन भएको छ । 

 



 

कतार नेपाली एकतासमाज केन्द्रीय समितिका सलाहकार राम प्रसाद पराजुलीको बिसेष उपस्थितमा इकाई गठन भएको हो भने एरिया समितिका खेतुलाल बन्जाडे र राम परियारले नेपालमा भारतले गरेको अघोसित नाकाबन्दि, कतारको समसामयिक बिषयमा र कतार नेपाली एकता समाजको उदेश्य बारे प्रशिक्षण दिनु भएको थियो । 



अलखोर एरिया समितिका सस्थापक सदस्य उमाराम जैसी र धुर्ब केसीको बिसेष पहलमा इकाई गठन गरेको हो । 



समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्:- 



अध्यक्ष – धुर्ब केसी -अर्घाखाँची

उपाध्यक्ष -गोपाल दर्जी- खोटाङ

सचिब – उमाराम जैसी – रुपन्देही

कोषाध्यक्ष -बिष्णु नेपाली-अर्घाखाँची

सदस्यहरु – जित बहादुर गाहा – पाल्पा

राम बहादुर अधिकारि -अर्घाखाँची

सलाहकार – राम प्रसाद पराजुली