दसैंलाई लक्षित गरी पोखरालगायत आसपासका क्षेत्रलाई २० हजार बढी च्याङ्ग्रा मुस्ताङबाट ल्याइँदै

पोखरालगायत आसपासका क्षेत्रलाई लक्षित गरी २० हजार बढी च्याङ्ग्रा मुस्ताङबाट ल्याइँदै छ । दसैंमा यस क्षेत्रमा च्याङ्ग्राको खपत अत्यधिक हुने गर्दछ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार मुस्ताङको माथिल्लो क्षेत्रबाट व्यवसायीले हजारौं च्याङ्ग्रा पोखराका लागि ल्याउँदै छन् ।
 जोमसोम, म्यादी र पर्वत हुँदै आगामी साता पोखरामा हिमाली च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य व्यवसायीको छ ।
मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य २२ हजार देखि २५ हजारसम्म परेको व्यवसायीले जनाएका छन् ।
मुस्ताङको माथिल्लो क्षेत्रका किसानले पालेको च्याङ्ग्रा पोखराका व्यवसायीले एकमुस्ठ खरिद गरी पोखरामा ल्याउने गरेका छन् ।   इमेजखबरमा समाचार छ ।