उमाकान्त पाण्डे । यूएई , असोज २२ – सयुत्त अरब एमिरेट्स यूएईका बिभिन्न राज्यका जेलमा रहेका नेपालीको अवस्था बारे एनआरएन यूएईले अध्ययन सुरु गरेको छ । दुतावासको समन्वयबमा यूएईका जेलमा पुगेर जेल जीवन बिताइरहेका नेपाली सँग प्रत्यक्ष भेटेर उनीहरुको मुद्दा र कानुनी प्रकृयाका बारे अध्ययन सुरु गरेको हो ।
बिहीवार मात्र गैरआवसिय नेपाली संघ यूएईको एक टोलीले यूएईको दुबई जेलमा पुगेर भेटेको हो । एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठ, तथा महिला सम्योजक कल्पना राइको टोलीले दुबईको अल अविरमा रहेको सेल्ट्रल जेलमा पुगेर त्यहा कैदी जीवन बिताइरहेका नेपाली सँग भेट्घाट गरेको हो । नेपाली दुतावास यूएईको सीफारिसका आधारमा संघको टोलीले जेल भ्रमण सुरु गरेको एनआरएन यूएईका अध्यक्ष सुदिप कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
दुतावासको सहयोगमा यूएईका बिभिन्न जेलमा पुग्ने बारे छलफल भएको र एनआरएनले त्यस बारे पहिलो पटक दुबई जेल पुगेर काम सुरु गरेको एनआरएन यूएई उपाध्यक्ष रमेश श्रेष्ठलेले बताउनु भयो । उज्यालो अन्लाईन सँग कुरा गर्दै श्रेष्ठले जेलमा पुगेर नेपाली सँग भेट्न सुरु गरेको र उनीहरुको अवस्था बारे बुझेर दुतावास मार्फत आबश्यक प्रकृया पुरा गरेर सम्बन्धित नेपालीको मुद्दालाई समाधान गर्ने प्रकृया सुरु गरिने बताउनु भयो ।
कसलाई के आरोप ?
टोलीले जेलमा रहेका ११ पुरुष नेपाली कामदार सहित ३ महिला सँग भेटेर उनीहरुको अवस्था र उनीहरुलाई लागेको मुद्दा बारे सोधपुछ गरेको थियो । गैरआवसिय नेपाली संघ (एनआरएन) यूएईले जेल भ्रमण गरेपछि एक प्रेस विज्ञप्ती जारी गर्दै दुबई जेलमा रहेका नेपालीको नेपालको पूर्ण ठेगाना सहित नामावली सार्वजनिक समेत गरेको छ ।
दुबईको जेलमा ११ पुरुष मध्ये ५ जनालाई मधिरा सेवन गरेर कुटपिटमा सम्लग्न भएको आरोप लागेको छ । यस् आरोपमा नीम केसी (बाग्लुङ), ललित सिङ कार्की (इटहरी), बिवेक खत्री (नेपालगन्ज) , सन्जिव कुमार शाह (सर्लाही), पूर्ण भण्डारी (बाग्लुङ), (नाम परिवर्तन गरिएको)ले जेल जीवन बिताइ रहेका छन ।
त्यस्तै अरुको नाममा रहेको मोबाइल सिमकार्ड प्रयोग गरेको आरोपमा धनुषाका सुर्य बोमजम १६ दिन यता जेल जीवन बिताइरहेका छन ।
त्यस्तै चोरीको आरोपमा अन्य ४ जना नेपालीले जेल जीवन बिताइ रहेका छन । उनीहरु भीम बहादुर राइ (चितवन) , राम भण्डारी (बिराटनगर) , ब्रिजेश थारु (कपिलबस्तु), समिर नेपाली (गोर्खा), (नाम परिवर्तन गरिएको) हुन ।
नक्कली कागजात प्रयोग गरेको आरोपमा गएको डेढ साता अघी बाट पोखराका अविशेक कुमार खड्का नाम (परिवर्तन गरिएको) जेलमा छन । त्यस्तै जेलमा रहेका ३ महिला मध्ये झापाकी मनमाया गुरुङ (नाम परिवर्तन)लाई सामाजिक सन्जाल फेसबूक बाट च्याट गरी पछी ब्ल्याक मेलिङ गरेको आरोपमा , अर्की बाग्लुङकी चन्द्रा केसीलाई अबैधानिक रुपमा यूएईमा बसेको आरोप तथा चितवनकी रमीमाया परीयारलाई चक्कु प्रहार बाट एक श्रीलकंन महिलालाई हत्या प्रयास गरेको आरोपमा जेल बिताइ रहेका छन ।
एनआरएन यूएईले जेल पुग्ने र त्यहा बारे नेपाली सँग भेटघाट गर्ने भनेकाले दुतावासले सिफारिस पत्र दिएको दुतावासको भनाइ छ । दुतावास सँग समन्वयब गरेर नेपाल र नेपालीका हितका लागि सकारात्मक काम गर्दा दुतावासले पूर्ण रुपमा सहयोग गर्ने दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले उज्ल्यालोलाई बताउनु भयो ।
उज्यालो अन्लाईनमा झन्डै ३ महिना पहिले दुबई जेलमा २३ नेपाली रहेको
युएईको दुबई जेलमा २३ जना नेपाली भन्ने समाचार प्रकाशन भएपछि सो बारे यहाँ रहेका संघसस्थाले चासो देखाएका थिए । – उज्यालो