अर्जुन खनाल
नयाँ दिल्ली । भारतले गरेको अघोषित नाकाबन्दी अब चाडैं नै सुल्झिने भदै भारतका लागि महामहिम राजदुत दिपकुमार उपाध्ययले बिहिवार सारथि सिर्जनशील समाज नेपाल भारतले आयोजना गरेको नेपाल-भारतको धार्मिक ,संस्कृतिक र सामाजिक सद्भाव अमर रहोस, नेपाल भारत बिच उत्पन्न परिस्थिति समाधानको बरेमा संयुक्त बिचार बिमर्श एवम् नेपाल भारत संयुक्त गौ कथा बाचन कार्यक्रम मा बताउनु भयो ।कार्यक्रममा बोल्दै चाडवाड नजिकदै गर्दा आम नेपाली जनताले दुख भोग्नु परेको र अब हामी सबै समस्यको समाधान प्रती लागेको पनि उपाध्ययले बताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि ,पत्रकार ,समाजसेवी ,बुद्दिजिवी,आदिको उपस्तिथि रहेको थियो । नेपाल भारत बिचको सम्बन्ध हिजो पनि भाइ – भाइको रहेको र आज पनि कयम छ ,ऐले जुन किसिमको भ्रम फैलिएको छ नेपाल भारत बिच चाडै नै भ्रम मुक्त हुने छ । जहाँ पशुपतिनाथले बाँस गर्नु भएको छ त्यहाका जनताको मनमा पशुपतिनाथ नै रहनु भएको र जुन नेपालको संविधानमा गाई राष्ट्रिय जनावर रहेको छ त्यो अबका दिनमा संविधान संसोधन हुदा नहटाईयोस ताकी गौ माता भनेर राखियोस भन्दै भारतीय जनता पार्टीका उपाध्यक्ष एवम् पुर्व मुख्य मन्त्री उत्ताखण्डका भगत सिंह कोसियारीले बताउनु भयो ।

नेपालमा जुन पहाडी र मधेसी बिच द्वन्द सिर्जना भएको छ त्यो द्वन्द नेताहरुकै चलखेलमा जनमानसमा भ्रम सिर्जना पैदा गरि एक आपसमा लडाउने काम भएको र यो द्वन्दले अर्को ब्याक्ति वा अर्को राष्ट्रले फाईदा उठाउन सक्ने भन्दै हिजो शिर्ष नेताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउने निर्णय भए पनि रातारात धर्मलाई पैसामा बेचेर ऐले जुन किसिमको नेपाली जनसमुदायले चाडवाडको नजिकै दुख भोग्नु परेको छ यो सबै नेताहरूकै कारण रहेको र नेपालमा हिजो पनि हिन्दु राष्ट्र थियो ,भोलि पनि रहन्छ चाहे जुन कुनै परिस्थितिमा पनि नेपालमा सनातन हिन्दु धर्म ल्याउन जे जस्तो कदम चाल्न परेपनी पछि नहट्ने भन्दै नेपाल भारत सनातन हिन्दु धर्म संरक्षण मंचका अध्यक्ष किशोरी महतोले बताउनु भयो ।
कार्यक्रमको संयोजन राकेश झा (झा बाबा)र संचालन गौ रक्षा अभियानका चक्रदेव जोशीले गर्नु भएको थियो । कार्यक्रममा गाईको महत्व एवम् गाईको रक्षाको निम्ति कथा वाचन पनि भएको थियो ।