उमाकान्त पाण्डे । यूएई, कार्तिक १ – सयुत्त अरव एमिरेट्स यूएईमा समस्यामा परेका नेपाली महिलाहरुको उद्दारका लागि एनआरएन महिला उद्दार कोष यूएईको स्थापना गरिएको छ । हालै:गैर आवसिय नेपाली संघ एनआरएनको काठमान्डौमा सम्पन्न सातौ महाधिवेशन बाट उपाध्यक्षमा निर्वाचित कुमार पन्तले आफ्नो एकल लगानीमा सात लाख २५ हजार नेपाली रुपैयाको उद्दार कोष स्थापनाको घोषणा गर्नु भएको हो ।
विश्व सम्मेलनका लागि यूएई बाट गएको एनआरएन यूएईको प्रतिनिधिहरु सँग भेटेर पन्तले २५ हजार यूएई धिराम्श बराबरको महिला उद्दारकोषका लागि सो रकमको अक्षय कोषका लागि सहयोग गरेको एनआरएन यूएईका कार्यबाहक अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । एनआरएन यूएईको प्रतिनिधीको रुपमा युवा सन्जाल सम्योजक निस्चल दाहाल , महिला सन्जाल सम्योजक कल्पना राई, एनआरएन यूएएेका महासचिव दिपक खड्का , सल्लाहकार निमेष गिरी लगायतलाई भेटेर पन्तले सो सहयोग उपलब्ध गराउनु भएको हो । सो सहयोग जुटाउन पुर्व मध्यपुर्व सहसम्योजक राजु शयदले समेत पहल गर्नु भएको थियो ।
गोरखामा जन्मेका एनआरएन उपाध्यक्ष पन्तले जर्मनीमा ब्यवसाय गर्दै आउनु भएको छ । पटक पटक यूएईमा महिला उद्दारकोष स्थापना गरिने भनिए पनि रकम अभावमा अहिले सम्म स्थापना हुन सकेको थिएन । पन्तको सहयोग रकम उपलब्ध भए सँगै यूएईमा महिला उद्दारकोष स्थापना हुने भएको हो । यूएईमा समस्यामा परेका महिलाहरुको उद्दार र पर्न सक्ने आपविपतका लागि मध्यनजर गरेर आफुले सो सहयोग गरेको पन्तले बताउनु भयो ।
यूएईमा गार्होसार्हो परेर दुतावासको शरणमा पुगेका , दुतावासले पनि सहयोग रकम अभावका कारण नेपाल पठाउन नसकेका वा अन्य समस्यामा परेका महिलालाई दुतावाससँग समन्वयबमा सो रकम प्रयोग गरिने एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठ(कार्यबाहक अध्यक्ष)को भनाइ छ । एनआरएन यूएईको महत्वाकांक्षी योजनाको रुपमा हेरिएको सो कोषका लागि सहयोग प्राप्त भएपछि अब भने त्यो कोष कसरी सन्चालनमा ल्याउन सकिएला भनेर धेरैले चासो देखाएका छन । हालै सम्पन्न संघको सातौ महाधिवेशन बाट बनेको नयाँ कार्य समितिमा यूएईका एनआरएनको उपस्थिती शुन्य छ ।
यधपी यस् अघीको नेत्रित्वमा मध्यपुर्व सम्योजकको नेत्रित्व यूएईले गर्दा समेत सो कोष स्थापना हुन सकेको थिएन । यस् पटक एनआरएन केन्द्रमा खाडीका गैरआवसिय नेपालीको उपस्थिती न्युन हुँदा संघले यस् क्षेत्रमा खासै ध्यान पुराउन नसक्ने धेरैको अड्कल थियो । तर अधिवेशन लगत्तै एनआरएन उपाध्यक्षले ब्यातिगत सहयोग गरेर कोष स्थापना गर्न सहयोग गरेपछि भने भावी नेत्रित्वमा उहालाई यस् क्षेत्र बाट सहयोग जुटाउन सहयोग मिल्ने एनआरएनहरु बताउछन ।