दसैंअघिको अन्तिम कारोबार सकारात्मक

दसैंअघिको अन्तिम कारोबार सकारात्मक रहेर थामियो ।
पछिल्ला दिन ऋणात्मक रहँदै आएको शेयर बजार परिसूचक नेप्से सोमबार भने ७ अंक बढीले धनात्मक रहेर ११ सय २७ पुग्यो । अन्य र वित्त बाहेक अरु कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्सेमा सुधार आएको हो ।
बीमा समूहमा सबैभन्दा उच्च ४१ अंकको सुधार आयो । होटल समूहमा पनि २८ अंकको बृद्धि भयो । विकास बैंक समूह १० अंकले, जलविद्युत् समूह ९ अंकले र वाणिज्य बैंक समूह ८ अंकले बढ्यो । अन्य र वित्त समूह भने सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा ९७ कम्पनीको ६ लाख ८४ हजार कित्ता शेयर ३१ करोड ४० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।