यूएईमा कार्यरत नेपालीले दसैं मनाए (फोटो फिचर)

उमाकान्त पाण्डे । यूएई , कार्तिक ८ – संयुत्त अरब एमिरेट्स यूएईमा कार्यरत नेपालीले दसैं मनाएका छन । यहाँ कार्यरत नेपालीहरुले कम्पनीको काम सकेर बिहीवार साझ बाट दसैं मनाउन सुरु गरेका उनीहरुले दसैंको दोस्रो दिन शुक्रबार सार्वजनिक बिदाको अवसर पारेर समेत दसैं मनाएका हुन । यहाँ रहेका नेपालीले बिभिन्न स्थानमा सार्वजनिक ठाउँमा भेला भएर सामुहिक टिकाटालो गरि दसैं मनाएका हुन । 

 



 

दसैंको अवसरमा वार्षिक बिदा मनाउन धेरै नेपाली स्वदेश फर्केका छन । तर बिदा नमिलेर घरविदा जान नपाएका नेपालीहरुले भने परदेशमै दसैं मनाएका हुन । 

 



 

बालुवाको खानि मरुभुमीमा पार्क बाट खोजेर ल्याएको माटोमा उमारेका हरियो जमराका साथमा एकआपसमा टिका लगाएर दसैं मनाईएको हो । कतिपयले त दसैंको दिन बिदा बसेर कम्पनीकै क्याम्पमा टिकाटालो गरेका थिए । नातामा कोही नपरे पनि परदेशमा नेपालीको नाताले आफुभन्दा जेष्ठको हातबाट टिका ग्रहण गरेर घरदेशमै भएको महसुश गराउन भएपनि आफुहरुले दशै मनाएको दुबईको अलकुजमा कार्यरत चितवनका कृष्ण विकेले बताउनु भयो । अलकुजमा रहेको कम्पनीको मजदुर क्याम्पमा नेपालीहरु भेला भएर सामुहिक टिका लगाएका थिए । 

 



 

युएईमा सकृय बिभिन्न संघसस्थाले समेत अलग अलग कार्यक्रम गरेर दसैं मनाएका छन । नेपाली समुदाय यूएईले ३ सय धेरै नेपालीको उपस्थितिमा दुबईको जबिल पार्कमा दसैं मनाउने चाजोपाजो मिलाएका थियो । त्यस्तै नेपाली समाज यूएईले दशैको अवसरमा दसैं आउनु एकसाता पहिले नै यहाँ कार्यरत नेपालीको स्वास्थ्य परिक्षणका लागि स्थानिय रशिदिया पोलिक्लीनिक सँगको समन्वयबमा दुबइमा स्वास्थ्य शिविर चलाएर दसैं मनायो । बाग्लुङ सेवा समाजले यूएईको रसअलखेमामा रहेको यहाँको सबै भन्दा अग्लो पहाडमा बनभोजको कार्यक्रम सहित सामुहिक टिकाटालोको कार्यक्रम राखेर दसैं मनायो । त्यस्तै अर्घाखाँची संपर्क समिति यूएईले दुबईको मेट्रो पार्कमा शुभकामना आदान प्रदान सहित दसैं मनाएको समाजका महासचिव चिरन केसीले बताउनु भयो । 

 



 

दुबईमा धेरै नेपालीको जमघट हुने बर दुबइमा रहेका नेपाली रेस्टुरेण्टहरुमा दसैं मनाउन आउनेको भिडभाड थियो । बरदुबईमा रहेको सिल्भर स्पुन नेपाली रेस्टुरेन्टकी सन्चालिका दिपा पाण्डेले आफ्नो रेस्टुरेन्टमा आउने नेपालीलाई टिका लगाइदिएर दशै मनाएको बताउनु भयो । 

 



 

यूएईको अलएेनमा प्रवासी नेपाली जनसास्कृतिक मन्चले सामुहिक रुपमा भेला भएर दसैं मनाएको जिफन्ट यूएईका किशोर केसीले बताउनु भयो । त्यस्तै अलएेनमै गोरखा सेवा समाज यूएईले नेपालमा यसै बर्ष गएको भूकम्पले गोरखामा भत्काएका विद्यालयलाई सहयोग जुटाउन भन्दै खसी-बोका , कुखुराको भाले उपहार सहित चिट्ठा कार्यक्रम राखेर दसैं मनायो । समाजले सो कार्यक्रम मार्फत जम्मा भएको सहयोग रकम छिट्टै सार्वजनिक गर्ने महासचिव बिनोद श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै आबुधाबीको आइकार्डमा रहेको काठमाण्डौ रेस्टुरेन्टले एक भेटघाट कार्यक्रम आयोजना गरेर दसैं मनाउने अवसर जुटाएको रेस्टुरेन्टका संचालक भिम श्रेष्ठले बताउनु भयो ।