बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकका फोटो पत्रकार हरिमान गुरुङ बेपत्ता भएको दुई दिन पछि मृत अवस्थामा फेला परेका छन् । पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङका अनुसार उनको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको हो । गुरुङका अनुसार उनको मृत्यूको कारण भने खुलेको छैन ।
शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेर सोधिखोजी सुरु गरेको थियो ।
शव भेटिएपछि खोजीकर्ताले तत्काल प्रहरी र घर परिवारलाई खवर गरेका थिए । त्यसलगत्तै प्रहरीले अनुसन्धान थालेको र पोष्टमोर्टमपछि मृत्युको वास्तविक कारण थाहा हुने जनाइएको छ । उनको गाडी हुक र बेजिङस्टोक जाने बाटोको जंगलमा भेटिएको थियो । गाडीभित्र रहेको क्यामरा सुरक्षित छ । गाडी पार्क भइरहेको ठाउंबाट एकसय मिटर पर शव फेला परेको हो ।
‘उनी घुंडा टेकेको अवस्थामा रहेछन् , घांटीमा रसी भएपनि झुण्डिएको अवस्थामा थिएनन् – नजिक रुख पनि छैन् र हतियार पनि छैन, शरीर मैदानमा लडेको रहेछ