पछिल्ला दिन ऋणात्मक रहँदै आएको शेयर बजारमा केही सुधार

पछिल्ला दिन ऋणात्मक रहँदै आएको शेयर बजार साताको अन्तिम दिन विहीबार केही सुधार भएर थामियो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से करिब ८ अंकले धनात्मक रहेर १ हजार ९२ पुग्यो । कारोबार भएका अधिकांशजसो समूह हरियो रहेसँगै नेप्से सुधारिएको हो ।
जलविद्युत् समूहमा सबैभन्दा उच्च ६० अंकको बृद्धि भयो । होटल समूह २४ अंकले उकालो लाग्यो । अन्य समूह पनि १५ अंकले बढ्यो । वाणिज्य बैंक, बीमा र विकास बैंक समूह सामान्य अंकले हरियो रहे । वित्त समूह नगन्य अंकले रातो रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा ९९ कम्पनीको ३ लाख ९८ हजार कित्ता शेयर २७ करोड ९२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।