खेतमा काटेर राखेको धान पानीले भिजाएपछि कञ्चनपुरका किसान चिन्तित भएका छन् ।
दसैं लगत्तै धमाधम धान काटिरहेका किसान बिहीबारदेखि पानी परेर खेतमै धान भिजेपछि चिन्तित भएका हुन् । कञ्चनपुरका विभिन्न स्थानमा काटेर उठाउने तयारीमा राखिएको सयौं बिगाहको धान पानीमा डुबेको किसानहरुले बताएका छन् ।
धान रोपेपछि लामो समयसम्म पानी नपर्दा डढेलो र पात बेरुवा रोग लाग्दा चिन्तित किसान भित्र्याउने बेलामा परेको पानीका कारण थप मर्माहत भएका हुन् ।
कृषि विकास कार्यालयले यस वर्ष धानको उत्पादन घट्ने जनाएको छ । कञ्चनपुरमा ३० प्रतिशत धान अझै भित्र्याउन बाँकी छ । यस वर्ष कञ्चनपुरमा ४५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । इमेजखबरमा समाचार छ ।