कुलेश्वर, काठमाडौं । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजनामा आज सामुदायिक भवन कुलेश्वरको प्राङ्गणमा वडा दशैं, तिहार,छठ, ल्होसार २०७२ र नेपाल सम्बत ११३६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा प्रमुख अतिथिमा माननीय सांसद ध्यान गोविन्द रंजितज्यू तथा विशेष अतिथिमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाज्यूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा माननीय सांसद ध्यान गोविन्द रंजितलाई संविधान सभामा रहेर नेपालको संविधान २०७२ ल्याउन योगदान पुर्याउनु भएकोमा दोसल्ला ओढाई सम्मान गरिएको थियो भने एसएसपी श्री विक्रम सिंह थापालाई काठमाडौंमा परिसर प्रमुखको कार्यभार सम्हाल्नु भएकोमा स्वागत गरिएको थियो ।
कार्यक्रममा सल्लाहकारद्वय पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल तथा पूर्व डिआईजी शारदाभक्त रंजित, महानगरिय प्रहरी वृत कालिमाटीका प्रमुख डिएसपी हेम कुमार थापाको उपस्थिति रहनुका साथै बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रका आजिवन तथा साधारण सदस्यहरु, स्थानीय वुद्धिजीविहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष मनोज कुमार थापाले गर्नु भएको थियो ।