शेयर बजार ऋणात्मक

साताको शुरुको दिन आइतबार शेयर बजार ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले झरेर १ हजार ८८ मा आइपुग्यो ।
कारोबार शुरु भएदेखि ओरालो लागेर १४ अंक बराबरले ऋणात्मक रहीसकेको नेप्से मध्यान्हपछि सुधारिएको हो ।
आधाभन्दा बढी समूह रातो रहेसँगै नेप्से पनि ऋणात्मक रहेको हो । बीमा, विकास बैंक, वाणिज्य बैंक र वित्त समूह रातो रहेका हुन् ।
बीमा समूहमा सबैभन्दा उच्च ५५ अंकको कमी आयो । होटल, अन्य र जलविद्युत समूह हरियो रहे । होटल समूहमा २२ अंकको सुधार भयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १०९ कम्पनीको ३ लाख ७० हजार बराबर कित्ता शेयर १८ करोड ५५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।