अरुण सेजवाल
कोरिया । कोरियाको विकट मानिने छल्लानाम्दो को मोक्पो सहर मा सम्पन्न सुभ बिजया दसमी तथा दिपाबली को अबसर मा आयोजित सुभ बिजया दसमी तथा दिपाबली को शुभकामना आदान प्रदान, सास्कृतिक तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मा नेपाली राजदूताबास कोरिया का श्रमसहचारी अनिल गुरुङको प्रमुख आथीत्य र आप्रवासी मजदुर संगठन कोरिया का अध्यक्ष उदय राईको विशेष आथीत्य तथा सस्था का अध्यक्ष रोसन कुमार पौडेल को सभापतित्वमा सम्पन्न कार्यक्रम मा सस्था का सचिब अरुण सेजवाल र सस्था खेलकुद सम्योजक बिक्रम गुरुङ ले सन्चालन गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रम मा बोल्दै प्रमुख अथिती अनिल गुरुङ ले मोक्पो चौतारी छल्लानाम्दो हुँदै कोरिया देखि नेपाल सम्म गरेको काम को प्रसम्शा गर्नु भयको थियो त्यस्तै विशेष अथिती उदय राई ले आफू सधैं कामदार को हकहित को लागि लाडाइ लडि रहेको बताउनु भयो । कार्यक्रम मा करिब 350 जना को सहभागीता रहेको थियोे ।
सस्थाले उक्त कार्यक्रम मा आफु लाई सहयोग गर्नु हुने सदस्य हरु लाई सम्मान पनि गरेको थियो भने मोक्पो चौतारी को गहना मानिने खेलाडी हरु ले खेल खेली रमाइलो र सास्कृतिक मा दाबा लामा , मुकुन्द पौडेल , प्रकाश कार्की , चिरित्र बिस्ट लगायत ले प्रस्तुती गर्नु भएको थियो ।