अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रक्षेपण गरेको कसिनी स्पेसक्राफ्ट शनि ग्रह नजिक पुगेको छ ।
यो शनिको ४९ किलोमिटरसम्म नजिक पुगेको नासाको भनाई छ । अन्तरिक्ष इतिहासमा पहिलो सफलता मानिएको यस प्रक्षेपणमा स्पेसक्राफ्टले उपग्रहको तस्वीर पृथ्वीमा पठाएको छ । जुन तस्वीरले नयाँ नयाँ रहस्य पत्ता लाग्ने अपेक्षा वैज्ञानिकको छ ।
शनि ग्रह गतिशील भएकाले पृथ्वीको दूरी परिवर्तन हुँदै आएको छ ।
नासाका वैज्ञानिकहरु उपग्रहमा जीवनको सम्भावनाको खोजीमा जुटिरहेको बेला कसिनी स्पेसक्राफ्ट शनि ग्रहको नजिक पुग्नु नासाका लागि ठूलो उपलब्धी भएको बताइएको छ । (एजेन्सी)