शेयरमा गिरावट जारी

साताको शुरुको दिन पनि शेयर बजार वियरिष ट्रेण्डबाटै शुरु भयो । बजार परिसूचक नेप्से ४ अंक बढीले ऋणात्मक रहेर १ हजार ८६ मा आएर थामियो ।
जलविद्युत बाहेक कारोबार भएका अधिकांश जसो समूह रातो रहेसंगै नेप्से ऋणात्मक रहेको हो । बीमा समूहमा सबैभन्दा उच्च १९ अंकको कमी आयो ।
विकास बैंक र वाणिज्य बैंक समूह पनि ५-५ अंकले झरे । जलविद्युत समूह भने ९ अंकले सुधारियो । होटल समूह स्थीर रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय कम्पनीको ३ लाख ८० हजार बराबर कित्ता शेयर १८ करोड ९७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।