रक्तिम सास्कृतिक अभियान कतारले प्रगतिशील देउसीभैलो खेल्ने

राम प्रसाद पराजुली 
कतार । बुर्जुवा संस्कृतिको बिरोध गरौ प्रगतिशील संस्कृतिको विकास गरौ भन्ने मूल नाराका साथ १३ नोवेम्बर २०१५ सुक्रवारको दिन कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सास्कृतिक अभियान कतारले प्रगतिसिल देउसी भैलो सगै नेपाली हरुको तिहार तथा छट पर्बको सुभकामना आदानप्रदान कार्यक्रम दोहा कतारको ढाका रेस्टुरेन्टको सभा हलमा प्रबासमा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदीबहिनीहरुको बीच मनाउने भएको छ । 
हजारौ सपना बोकी  प्रबासीन बाध्य भएका हामी नेपाली हरु आ-आफ्नो बाध्यताका बीच पनि आफ्नो संस्कृति र परम्पराको संरक्षण  गर्दै प्रगतिशील सैलिमा आफ्ना पस्तुति हरु दिने भएको छ , हजारौ सपना हरु बोकेर आफ्नो परिवार साथि संगीहरु सगै प्यारो जन्मभुमि लाइ चटकै माया मारेर आफ्नो परिवार हरुको भबिस्यको लागि हजारौ अफ्ठ्यारा हरु पार गर्दै यो बिरानो मरभुमिलाई कर्म थलो बनाउदै आएका हजारौ नेपाली दाजुभाइ दिदीबहिनी को बीच नाचगान र विभिन्न जनचेतनामूलक पस्तुति हरु दिने बिचारले यस कार्यकर्म को आयोजना गरेको आयोजक रक्तिम सास्कृतिक अभियानका सचिब पहल सिहले जानकारी दिनु भयो । 
वहुसङ्ख्यक नेपाली दाजु भाइ दिदीबहिनी कार्यरत रहेको प्रवासी भुमी कतार मा कतार नेपाली एकता समाज अन्तर्गत रहेको रक्तिम सास्कृतिक अभियान कतारले  प्रगतिसिल र् सास्कृतिक  प्रस्तुतीहरू सहित  भव्य तयारी भईरहेको आयोजक टिम तथा रक्तिम सास्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्यले जानकारी गराउनु भयो भने   यसै गरि आफ्नो देश मा रोजगारीको अवसर नहुनाले बिदेशिन बाध्य भएका हामी सम्पूर्ण नेपाली हरु ले आफ्नो परिवारको लागि जुन सपना बोकेर आएका छौ त्यो सपना हरु लाइ साकार बनाइ आफ्नो समय र ५०/५५ डिग्री को तातो घाम र सरिरको पसिनाको सहि सदुपयोग गरि विसंगति को बाटा हरु मा नलागी आफुलाई सधैब एउटा परिबारको असल जिम्मेवारी व्यक्ति बनि समाज र सामाजिक कार्यमा आफ्नो खालि टाइम लाइ सदुपयोग गरि सुमधुर समाज परिबर्तन गर्ने अठोटका साथ् यस्ता कार्यकर्महरु  गरि जनचेतना जगाउने जानकारी गराउनु भयो प्रबासमा रहेर पनि आफ्नो नेपाली पन झल्काउने र आपसी सद्भाव बढाउने सगै प्रबास स्थित संघ सस्थाहरु  बिच भाइचारा तथा आपसी सहिष्णुता बढाइ चाडको नाममा हुने बिकृतीलाई हटाउदै प्रगतिशिल शैलिमा अभिप्रेरित गराइ पुराना रुढीबादी पराम्परालाइ तोडदै धर्म सस्कृतीको नाममा हुने सबैखाले बिभेद र शोषणको अन्त्य गर्दै नयाँ परिवर्तनशिल शैलिमा चाडपर्व मनाउन अभिप्रेरित गराइ प्रबासमा बिकृती र बिसङतिलाइ न्यून पार्दै नेपाली मौलिक कला सास्कृतिकको जगेर्ना गर्न  “बुर्जुवा सस्कृतिको अन्त्य गरौं,प्रगतिशिल देउसीभैलो  कार्यक्रम सफल पारौं .”भन्ने मुल नाराका साथ  कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सास्कृतिक अभियान कतारले प्रगतिसिल देउसीभैलो आयोजनाको अबसरमा नृत्य, नाटक, र रक्तिम अभियानका गितहरु प्रस्तुत हुन गइरहेको हुदा उपस्तिती भै  सब्य र भव्यताका साथ् सफल पारिदिनु हुन  कतार बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हार्दिक निमन्त्रणा गरेको छ। 
मिति :- १३ नोवेम्बर २०१५
स्थान:-ढाका रेस्टुरेन्ट दोहा
समय :- मध्यान १२ बजे
आयोजक:- रक्तिम सास्कृतिक अभियान
सम्पर्क :- हुमाकान्त आचार्य -७७२४७५४३
              खिम बुढा – ७७५३६६५१
              बिस्नु थापा – ७७३४७५८४
              हेमन्त वाइवा – ३३८४८८३१