अर्जुन खनाल
नयाँ दिल्ली । नेपाल भारत सम्बन्ध ,समस्या र समाधान विषय विचार गोष्ठी सोमबार दिल्लीमा मधेसी मैत्री केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समस्या नेपाल भारतको नभई मधेसीहरुको भएको बताउनु भएको छ । कार्यक्रममा बोल्दै उहाँले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको सम्बन्धमा ,नागरिकताको सम्बन्धमा भारतबाट बिहे गरेर ल्यएकी महिलालाई पहिले वंशगत नागरिकता दिईन्थ्यो तर ऐले त्यो बाट बन्चित गरिएको ,हिजो नेपाल नहुदा अर्थात जैले बाट सम्बन्ध छ बिरगंज र रक्सौल नाका बाईसे र चौबीसे राज्य पहिला पनि पृथ्वीनारायण शाहा को पलामा हाम्रो सम्बन्ध रहेको तर ऐले आएर सिधै वंश र अंशमा आक्रमण गरिएको बताउनु भएको छ ।
अरु नागरिकता र महिलाहरुको अंगकृत नागरिकतामा धेरै फरक पर्ने ,एदि त्यो नदिए वंशमाथिको आक्रमण हो र बोल्ने बेलामा सबैले हिमाल ,पहाड र तराई एउटै हो भन्ने तर तराईलाई अलग प्रदेश मा किन गर्ने ।नेपालमा संघीयता ठुलो देश भएर हामीले मगेका होईनौ त्यो माग्ने हामी हौ अरु कोई हैन र त्यो किन मगेको भन्दा त्यहा सामुदायिक रुपमा विभेद भएको छ देश माग्दा सस्टेन गर्न गार्हो हुने त्यसैले प्रदेश मागेका हौ अरु कुनै लालच नभएर बिभेदलाई अन्त्य गर्न हामिले प्रदेश मागेका हौ झाले थप्नुभयो ।हामिले हिजो संविधान जारी भएपछी हैन त्यो भन्दा पहिलेबाट नै आन्दोलन गर्दै आएका छौ तराई ८७ दिन भन्दा बढी भो ठप्प भएको न कलकारखाना ,शिक्षण संस्था ,जनजीवन अस्तब्यस्त हामिले परेका छौ जुन कुनै राजनीतिक पार्टीको आन्दोलन होस बिचमा पिल्सिने भनेको जनतानै हो ।हामिसंग अरु कुनै बिकल्प नभएपछि र नेपाल सरकारले हाम्रो माग सुनुवाइ नगरेपछी बोर्डर बन्द गर्न बाध्य भएको बताउनु भयो ।
कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्ययले नेपाल भारतको सम्बन्ध सदिऔ देखि चल्दै आएको यो दुई देश बिच कुनै खट्पट आउन नहुने भन्दै राजनीतिमा उतारचढाव भएपनी दुई देश बिच दाजुभाइको सम्बन्ध रहेको बताउनु भयो । जति सक्दो समस्याको समाधान होस नेपाली जनताले सास्ती खेप्नु नपरोस भन्दै ऐले जुन अघोषित नाकाबन्दीले परेको जनजीवन कष्टकर प्रति दु:ख प्रकट गर्नु भएको थियो ।
सोही कार्यक्रममा भारती जनता पर्टीका प्रवक्ता डा. दिनेश उपाध्ययले नेपाल कुनै देशको गुलाम नभएको देश हो तर हिजो जुन देशलाई भुकम्प आउँदा सबै भन्दा पहिले हामिले र हाम्रा देशबासिले भाइको रुपमा सहयोग गर्यौ आज त्यही देशले हाम्रो देशको प्रधानमन्त्रीको पुत्ला जालाउने काम पर्ती खेद प्रकट गरेका थिए ।तपाईहरुको आन्तरिक मामिलामा हामिलाई किन ल्याउने , तपाईका ताराईका जनताले नाकामा अबरोध उत्पन्न गरेका छन अनि हामिले यहाँबाट कसरी हाम्रा गाडीहरु पठाउन सक्छौ हाम्रा गाडीहरूको जिम्मेवारी को हुने भन्दै पहिला तपाईंहरुले आफ्ना जनताहरुलाई सन्तोष पर्नुहोस ताकी हामिलाई कुनै अबरोध नहोस भन्दै बताउनु भयो। उक्त कार्यक्रममै भारतीय कंग्रेसका प्रवक्ता रासी अल्मिले देश अलग अलग भएनी ईतिहास एउटै भएको भन्दै जति सक्दो चाडै समस्याको समाधान निकाल्ल सुझाब दिनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली दूतावासबाट राजदुत दिपकुमार उपाध्याय ,तिर्थराज वाग्ले ,कृष्ण प्रसाद पन्थ , विभिन्न भारतीय राजनितिक दलका प्रवक्ता ,नेपाली राजनीतिक दलका सकृय प्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,समाजसेवी ,बिद्यार्थी ,पत्रकार, आदिको उपस्थित रहेको थियो ।नेपालमा संविधान जारी पश्चात् दुई देश बिच देखिएको अन्तर द्वन्दलाई त्यगी हिजो जुन सम्बन्ध थियो सहि सम्बन्धलाई कायम गराउनु पर्छ जति सक्दो चाडो समस्याको हल गरिनु पर्छ नेपाली जनाताले अब सास्ती भोग्नु हुदैन भन्दै नेपाल भारत सनातन हिन्दु धर्म संरक्षण मंचका अध्यक्ष किशोरी महतोको आयोजनामा गरिएको जानकरी गराउनु भएको थियो ।अन्तरास्ट्रिय हिन्दु जागरण अभियानका अध्यक्ष चक्रदेव जोशीको सक्रिय भुमिकामा एड्भोकेट धुर्ब कुमारको संचालनमा कार्यक्रम सम्मान भएको थियो ।