कमल पान्डे
इकिकी, चिली। नेपालीहरुको महान चाड तिहारमा नेपाली समाज चिलिले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
दक्षिण अमेरिकी मुलुक चिलिको उतरी शाहर इकिकीमा रहेका नेपाली समाज चिलिका सम्पुर्ण सदस्य लगाएतका नेपाली दाजु , भाइ , दिदी , बहिनी ,आमा ,बुवा हरुले देउसी भैलो खेलेर भब्य रुपमा मनाएका छन ।
देउसी भैलो कार्यक्रमबाट २४१७०० पेसो र ५० दलर सन्कल भएको थियो । जसमध्येवाट यस पटक १३४२०० खर्च पनि भएको थियो भने बाकी समाजको कोषमा जम्मा भएको जानकारी कोसादक्ष्यले दिएका छन सन २०१२ मा स्थापित यो संस्थाले नेपाली सम्पुर्ण चाडवाडको भव्य रुपमै मनाउदै आएको छ भने नेपाली समाज नै यस्तो सस्था हो जुन महाभुकम्पको समयमा सवैभन्दा पहिला आफ्नो सहयोग केन्द्र विन्दुमै पुराउन सफल रहयो ।
तस्वीर कमल पाँण्डे / अर्घाखाँची डटकम चिली