शेयर बजार पुनः ओरालो

अघिल्लो दिन सकारात्मक बनेको शेयर बजार बिहीबार पुनः ओरालो लाग्यो । यसदिन नेप्से साढे ४ अंक बराबरले झरेर हजार ९४ मा आइपुग्यो ।
यसदिन जलविद्युत र उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । उत्पादनमुलक समूहमा करिब ४० अंकको सुधार आयो ।
यसदिन दिन बीमा समूह सबैभन्दा उच्च २३ अंक बराबरले, होटल समूह साढे ८ अंक बराबरले र वाणिज्य बैंक समूह पनि ७ अंक बराबरको घट्यो ।
यसदिन १०३ कम्पनीको ३ लाख ७४ हजार बराबर कित्ता शेयर २० करोड ३७ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।