यूएईमा कार्यरत सन्दिपको ‘तकदिर’ सार्वजनिक ( भिडियो, फोटो फिचर)

उमाकान्त पाण्डे



यूएई । परदेशमा बसेर जागिर गर्दै बचेँको समयलाई नेपालीहरुले अतिरित्त गतिबिधीमा खर्चिदै आएका छन । खाने मुखलाई जुगांले छेक्दैन भनेजस्तो मनमा रहर भएका नेपालीले बिदेशबाटै कतिपय आफ्ना सपना पुरा गर्दै गएका छन । सोही कुरालाई थप प्रमाणित गर्नुभएको छ फेदीगुठ ५ पोखरेपात्ले, ओखलढुङगामा जन्मिएका सन्दिप ग्याबक तामाङले ।



 

उहाले हालै आफ्नो सांगितिक कोशेली सार्वजनिक गर्नुभएको छ । करीब सात बर्ष पहिले बैदेशिक रोजगारिका लागि यूएई आउनु भएका सन्दिपले ‘तकदिर’ नामको गिती एल्बम बजारमा ल्याउनु भएको हो ।

 



 

रोजगारीका क्रममा यूएईको आबुधाबीमा सेक्युरिटी पेशामा आबद्द उहाको गायकी पहिचान भने ‘तकदिर’ बाट सार्वजनिक भएको हो । आफु सँग भएको प्रतिभा खाडीमा आएर भए पनि मलजल गरेर सफलता उन्मुख भएको उहांका शुभचिन्तकहरु बताउछन । भनेको बेला छुट्टी पाउन गार्हो जसोतसो लामो समय लगाएर आफ्नो गिती एल्बमको ‘हिउ जस्ती गोरी नामको म्युजिक भिडियोले उहालाई बजारमा राम्रो गायकिको सम्भावना बोकेको कलाकारको रुपमा स्थापित गरेको पुर्व एनआरएन आइसीसी सदस्य विमल तामाङको भनाइ छ ।

 

 

 

उहाले गएको बर्षबाट ६ वटा गीती शब्द सम्योजनको तयारी गर्नुभएको थियो । आफ्नै शब्दमा रहेका गीतीभाकालाई दर्शक स्रोताले मनपराइ दिएको गायक तामाङ बताउनु हुन्छ । हिउ जस्तै गोरी बोलको गीतलाई  कर्मभुमी यूएईको दुबई र आबुधाबीका रमणिय स्थलहरुमा छायाँङ्कन समशेर योन्जनले गर्नु भएको छ भने गणेश शर्मा र समशेर योन्जनले निर्देशन गर्नुभएको छ ।

 



 

सो म्युजिक भिडियोमा गायक स्वयम तथा यूएईमै कार्यरत सोम डुम्जन तामाङ , श्रीजना दोङ तामाङ , मुना घलान तामाङले मोडलिङ गर्नुभएको छ भने म्युजिक भिडियो निर्माणमा छिरिङ लामाले पनि सहयोग गर्नुभएको छ ।

 



 

सङस नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको उहाको सो म्युजिक भिडियो तामागं सेलोको संगीतमा झुकाव राख्नेले बढी रुचाएका छन । उहाले सार्वजनिक एल्बम तकदिरका सबै म्युजिक भिडियो यूएईमै छायाँङ्कन गर्ने तयारी गरेको बताउनु भयो ।