रौतहटको धरमपुर धनाडीमा एक व्यक्तिले आमा र बहिनीको हत्या गरे

रौतहटको धरमपुर गाउँ विकास समितिको धनाडीमा एक व्यक्तिले आमा र बहिनीको हत्या गरेका छन् ।
स्थानीय नन्दकिशोर यादवले आमा ४५ वर्षीया रामकलीदेवी यादव र बहिनी १४ वर्षीया अनिताकुमारी यादवको हत्या गरेका हुन् ।
उनले कोदालोले प्रहार गरी टायर गाडा चढेर वागमती नदी किनारमा बदम खन्न जाँदै गरेका बेला नन्दकिशोरले घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
हत्याको कारण खुलेको छैन र नन्दकिशोर हत्यापछि फरार छन् । प्रारम्भिक अनुसन्धानमा नन्दकिशोरको मानसिक अवस्था ठीक नभएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले बताए । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु